काठमाडौँ- नेपाल सरकारले अर्को नियम लागु नभए सम्म अफ्रिकी नागरिकलाई नेपाल प्रवेश निषेध गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केहि देशमा भेटिन थालेपछि नेपालले पनि अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश निषेध गरेको हो ।
गृह मन्त्रालयले आइतबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने निर्देशन दिएको हो ।
गृह मन्त्रालयको अनुसार कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ ।
साथै, अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको छ ।
ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् ।
यो भेरिएन्ट छिटो फैलन सक्ने अनुमान गरिएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...