काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३४२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही अवधिमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...