हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा करिब दुई महिनादेखि औषधि अभाव भएको छ ।

अहिले उक्त गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् । तर स्वास्थ्य संस्थामा औषधि नभएपछि स्थानीयवासी औषधोपचारबाट बञ्चित भएका छन् । 

यतिखेर उक्त स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएका छन् ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...