काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २९८ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।
८ हजार ९०९ जनामा कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३९४ पुगेको मन्त्रालयले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...