काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ३७० कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार १ सय २३ जनामा गरिएको परीणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...