काठमाडौँ –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभरमा पाँच जिल्लामा कोरोना सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।
यी जिल्लामा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट रहेका छन् ।

 पछिल्लो २४ घण्टामा देशभर थप २६० कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ११ हजार १५१ को कोरोना परीक्षण गरिएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

हाल सक्रिय सङ्क्रमितको सङ्ख्यासात हजार ६४२ छ । 

अहिले होम आइसोलेसनमा सात हजार १६९, संस्थागत आइसोलेसनमा ४७३, सघन उपचार कक्षमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् । 

आज ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

हालसम्म पहिलो मात्रा ८९ लाख ९६ हजार २५३ जनाले र दोस्रो मात्रा ७७ लाख १३ हजार ४०९ जनाले लगाएका छन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...