एजेन्सी- कोरोनाको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् ।
‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदन अनुसार हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ ।
अभिभावक विहिन भएपछि बालबालिका जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।
बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।
अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका रहेको पाइएको छ ।
कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ ।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छन् ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...