काठमाडौँ- सरकारले आइतबारबाट कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।
कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई मात्रै यो खोपको पहिलो मात्रा लगाइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।
यो खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ ।
अमेरिकाले नेपाललाई कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा उपलब्ध गराएको थियो ।
खोप वचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि १२-१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ ।
फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन समेत आग्रह गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...