काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, सोही समयमा थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६ जनामा गरिएको परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९१७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...