२ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप दिने
२ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप दिने
काठमाडौँ- चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।
चीन सरकारले नेपाललाई ३४ लाख डोज खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको छ ।
कार्यक्रममा चिनियाँ राजदूत यान्छीले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...