काठमाडौँ- काठमाडौँमा प्रशासनले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने आदेश गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको हो ।
साथै प्रशासनले पटका एवं प्रज्वलनशिल पदार्थ विक्री वितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...