दार्चुला- गत असारदेखि पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई समस्या भएको छ ।
सडक अवरुद्ध हुँदा बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परिरहेको छ ।
नजिक अस्पताल नभएकाले बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ ।
उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । सरकारले घोषणा गरेको दश श्ययाको अस्पताल निर्माण हुनसकेको छैन् ।
अहिले स्वास्थ्यचौकीका भरमा उपचार गरिरहनु परेको छ ।
सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...