काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ४९० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,४६८ पीसीआर परीक्षणमा ४४१ जना र ४,१९६ एन्टिजेन परीक्षणमा ९२ जना गरी ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...