काठमाडौँ- निजी ल्यावहरुले युएइ जानेहरुसँग पिसिआर गर्दा धेरै पैसा लिएको भन्दै सरकारले मूल्य निर्धारण गरिदिएको छ ।
अहिले सरकारी अस्पतालहरुले प्रतिव्यक्ति १२ सय रुपैयाँमा पिसिआर गरिरहेको भन्दै सरकारले निजी ल्यावहरुलाई पनि त्यही मूल्यमा पिसिआर गर्न निर्देशन दिएको हो ।
सरकारले विशेष गरी विमानस्थलमा नै ल्याव राखेर पिसिआर गर्दै आइरहेका ८ वटा ल्यावहरुलाई पत्र नै पठाएर १२ सय रुपैयाँ कायम गर्न निर्देशन दिएको छ ।
अहिले निजी ल्यावहरुले २ हजार रुपैयाँमा पिसिआर गर्दै आएका थिए ।
त्रिभुवन विमानस्थलमा स्टार अस्पताल, टिजी मेडिसिन,क्रिस्टल डाइग्नोष्टिक, अल्फा हेल्थ केयर, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक,कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्यावले ल्याव संचालनमा ल्याएर पिसिआर गर्दै आइरहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...