ताप्लेजुङ- ताप्लेजुङमा कोरोना सङ्क्रमितको संख्या शून्य भएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि ताप्लेजुङ कोरोनामुक्त बनेको हो ।
सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...