काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ५०१ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही अवधिमा ७७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २८४ जनामा पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनामा एन्टीजेन परिक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट ११ हजार ३६१ जनाको मृत्यु भएको मन्त्रालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...