काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १००४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा ९ हजार ९१६ नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ८ हजार १४० नमूनाको पीसीआर र १७ सय ७६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । तीमध्ये पीसीआरबाट ९५७ जनामा र एन्टिजेनबाट १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...