काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही समयमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० ना आईसीयू र १०५ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...