काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही अवधिमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८०५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १० हजार ६७२ जनाको कोरोना परीक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...