काठमाडौँ – चीनले नेपाललाई थप १० लाख कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच भएको छलफलमा सो सहमति भएको राज्यमन्त्री श्रेष्ठले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, नेपाललाई क्यानडा र माल्दिभ्सले ६ लाख डोज अस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन् । क्यानडाले कोभ्याक्स सुविधामार्फत चार लाख डोज र माल्दिभ्सले दुई लाख तीस हजार डोज खोप अनुदानमा उपलब्ध गराउने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...