काठमाडौँ – नेपालभर कुल ६४ लाख १९ हजार नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएको बताएको हो ।
हालसम्म २९.५ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन् । मन्त्रालयका अनुसार आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने योजना रहेकाे समेत बनाएको छ । २ करोड ६५ लाख नागरिकलाई कोरोनाविरुद्ध पूर्ण खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...