बुटवल । कपिलवस्तुमा झाडापखला फैलिएको छ ।

जिल्लाकाे कृष्णनगरमा झाडापखाला फैलिँदा दुई जनाको मृत्यु भएको हाे । पखलाबाट कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालककाे मृत्यु भएकाे नगरपालिकाका मेयर रजतप्रताप शाहले जानकारी दिए ।

त्यस्तै, झाडापखाला लागेका अन्य ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको समेत उनले बताए । उपचाररतमध्ये गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको छ ।

दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...