काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १,१५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १,११३ जना संक्रमणमुक्त हुँदा ८ जनाले ज्यान समेत गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...