काठमाडौं- उपत्यकामा असोज ४ गतेदेखि कोरोनाविरुद्ध भेरोसेल खोपको दोस्रो डोज लगाइदैछ । भेरोसेलको ४४ लाख डोज खोप  शुक्रबार काठमाडौं आइपुगेसँगै दोस्रो डोजको खोप अभियान सञ्चालन हुने भएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी  मनोहरा नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

खोप कार्यक्रमका लागि कार्यालयले काठमाडौं महानगरमा ३२ ओटा खोपकेन्द्र तोकेको छ ।

हेर्नुहोस् विज्ञप्ति;

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...