काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप १६६० जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...