काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २,१६१ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप १,६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...