काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २०७२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, साेही अवधिमा थप १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...