काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी लकडाउन भदौ मसान्तसम्म थप हुने भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।
अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...