झापा - पछिल्लाे अपडेटअनुसार भुटानी शरणार्थी शिविर बेलडाँगीमा थप ५ जनामा काेराेना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।
काेराेना पुष्टि हुनेहरूमा १ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको भुटानी शरणार्थी महिला मञ्च केन्द्रीय कार्यालय बेलडाँगी स्वास्थ्य सहजकर्ता बुद्धहाङ्ग राईले जानकारी दिए । योसँगै शिविरमा काेराेना संक्रमितको संख्या ९० पुगेको छ ।
संक्रमितहरूमध्ये १४ जना हाेम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६६ जना निकाे भएका छन् । त्यस्तै हालसम्म ४ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै १ जनाकाे कोभिड अस्पताल दमकमा उपचार भइरहेकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...