काठमाडौँ – सरकारले आज (सोमवार) देखि कोभिडविरुद्धको खोप अभियान पुनः सञ्चालन गरेको छ ।
अमेरिकी सरकारबाट अनुदामा प्राप्त कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ सोमवारदेखि सर्वसाधारणका लागि दिन लागिएको हो ।
यसका लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकेको छ । आजदेखि साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिन लागिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...