काठमाडौँ- कोरोनाका कारण बीचमै पढाई छोडेर नेपाल फर्केका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमा नै पठनपाठनलाई निरन्तरता दिनका लागि सरकाले पहल गर्ने भएको छ ।

शिक्षा मन्त्रालयमा आज बसेको बैठकले एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको अध्ययन सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई निरन्तरता दिनका लागि कूटनीतिक पहल गर्ने निर्णय गरेको हो ।

छलफलमा अध्ययन पूरा गर्न नपाएको भन्ने विद्यार्थीको गुनासोबारे सुझाव पेस गर्न गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल गरीएको थियो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको  बैठकमा आयोगका उपाध्यक्ष तथा निर्देशक, त्रिभुवन विश्‍वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, स्वास्थ्य र शिक्षा मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार