काठमाडौँ - कक्षा १२ काे नतिजा शुक्रवार प्रकाशित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे नतिजा आज सार्वजनिक गर्ने भएकाे हाे । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । अहिले केही बेरमा बोर्डकाे बैठक बस्दैछ ।

कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार