एजेन्सी - हामीले बोल्ने भाषा शब्द र आवाजहरूको एउटा संग्रह मात्र होइन् । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्दितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ । 

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दिको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरूले भाषालाई लोपन्मुख अवस्थामा पु¥याएको अध्ययनमा दर्शाइएको छ । 

अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सोे अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन् । 

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ । 

आप्रवासी, वित्तीय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरूको भनाई छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...