तेह्रथुम - पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पूजारीकाे रूपमा पनि लिईन्छ । लिम्बू समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम आर्थत (न्वागीपूजा) पनि एक हो । पाकेकाे अन्नबाली प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक पर्व सुरु हुन्छ ।
लिम्बू समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउछन । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ ।
तेह्रथुम लगायत पूर्वका विभिन्न जिल्लाहरूमा लिम्बू समुदायले विविध कार्यक्रम गरि धुमधामका साथ चासोक तङनाम मनाई रहेका छन् । चासोक तङनाम पछिल्लो समय सामुहिक रूपमा सुख र दु:ख बाँड्ने पर्वको रूपमा मनाउन थालिएको तुलसी तिगेला बताउँछन् ।
पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपन्मुख खेलसमेत सञ्चालन गरिन्छ ।
तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बू समुदायका अभीयान्ता दिल पाक्साँवा बताउँछन ।
पछिल्लो समय लिम्बू समुदायले आफ्नो भाषा, लिपी र संस्कृतिकाे संरक्षणमा चासो दिन थालेको पाइन्छ । पर्वहरूले सबै नागरिकहरूलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् ।
पूर्वी नेपाललगायत देश भित्र र बाहिर रहेका लिम्बूहरूले चासोक तङनामलाई हर्ष उस्लासका साथ मनाउन थालेका छन । याे पर्वकाे अवसरमा सरकारले स्थानीय बिदा दिएकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...