एजेन्सी - राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले हेइटीको जोउमोउ सुपलाई सांस्कृतिक सम्पदाको सूचीमा राखेको छ । सुपले खानेकुराभन्दा पनि विशेष अर्थ राख्ने युनेस्कोले जनाएको छ । युनेस्कोको सांस्कृति सम्पदा समितिले बिहीबार जोउमोउलाई सांस्कृति सम्पदा सूचीमा राखेको हो ।

जिराउमोनसमेत भनिने यो सुप फर्सी, सागसब्जी, मासु, पास्ता र केराबाट बनाइन्छ । ‘विभिन्न समुदायलाई उनीहरूको अद्वितीय जानाकारी र परम्परालाई जोड्न् र सामाजिक एकता सशक्त पार्न अमूर्त सांस्कृतिक सम्पदाको आफ्नै क्षमता छ,’ युनेस्कोका महानिर्देशक अउड्रे एजोउले एक विज्ञप्तिमा भनेका छन् । सामाजिक लचकताका लागि सांस्कृतिक सम्पदाको मुख्य भूमिका हुने उनको भनाइ छ । 

यो सुपको आफ्नै ऐतिहासिक महत्व छ । सुरुमा केही सिमित व्यक्तिमा मात्र प्रचलनमा रहेको जोउमोउ सुप सन् १८०४ मा फ्रान्सबाट स्वतन्त्र भएपछि सर्वसाधारणले पनि खान थालेका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...