खोटाङ - काठमाडाैँमा किराँत रदु नाछिरिङ साखाम केन्द्रको रिदुम खिम (मुन्धुम घर) निर्माण शुरू गरिएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण शुरू गरिएको हो ।

दुई करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुने गरी काम थालिएकाे हाे । ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम शुरू गरिएको हो । चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किराँत रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किराँतीले बताए । 

पूर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवर्द्धनका लागि रिदुम खिम निर्माण शुरू गरेको हो । चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माण कार्य सम्पन्न  गरिने केन्द्रले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...