नेवार समुदाय नेपालको पृथक र विशेष संस्कृतिले धनी समुदाय हो । यस समुदायले आफूलाई चाहिने हरेक वःतु आफ्नै सीप र प्रविधिले उत्पादन गरेको हुन्छ । विदेशीहरूमा भर नपरी आफ्नै वरपर रहेका वस्तुहरूबाट श्रम र पसिना खर्च गरी कलात्मक र मौलिक बनाउन ज्यादै जाँगरिला र परिश्रमी समुदायका रूपमा नेवारी समुदाय परिचित छ । आज यसै सन्दर्भलाई लिएर नेवारी समुदायमा प्रचलित विभिन्न धार्मिक, संस्कार, संस्कृति र दैनिक जीवनमा प्रयोग हुने माटाका भाँडाकुँडाहरूबारे चर्चा गर्नेछौँ । यी माटाका भाँडाकुँडाहरु कतिपय लोप भैसकेका छन् भने कुनै लोप हुने अवस्थामा रहेका छन् । कतिपय माटाका भाँडाकुँडाहरूको नाम समेत आजका नयाँ पुस्ताहरूलाई थाहा छैन । विश्वमा दिनप्रतिदिन नयाँनयाँ वतुहरूको निर्माणले गर्दा स्थानीय प्रविधियुक्त यस्ता सामानहरू ओझेल परेका छन् ।

१. किसलीः चामल, सिंगो सुपारी, चानचुन पैसा राखेर विभिन्न देवीदेवताहरुलाई चढाउने सलि अथवा माटोको सानो भाँडा 
२. गुलुपाः बौद्ध देवताहरूलाई चामल वा अन्न राख्ने भाँडा 
३. पाल्चाः तेल राखेर दियो बाल्ने भाँडा 
४. माकः दलुः लाइन बसेर पूजा गर्दा मोहनी बनाउन  तेल राखेर दियो बाल्ने भाँडा
५. धालाचाः पूजा थालीमा राख्ने भाँडा
६. थापिंः पूजा गर्ने बेलामा र बच्चा जन्मेको बेलामा हेर्न जाँदा जाँड राख्ने बुट्टा भएको भाँडा
७. देछापाः पूजा गर्ने बेलामा भटमास, अदुवा, छुयाला राख्ने भाँडा


नेवारी हस्तकला


८. खायकुलीं
९. दलुचा
१०. धौपती 
११. लंपिचा
१२. गुंगूमकः
१३. आलमत
१४. दलुचा
१५. खाःद्लु
१६. इनायद्लु
१७. ब्यांदलु
१८. देवा
१९. भोंचा
२०. सलाःपा
२१. बौपा
२२. बौभ्यगः
२३. अजिमाकोंचा
२४. गुलुचा
२५. गंकलश
२६. पाःचा
२७. नागपं
२८. अंप
२९. खायसली
३०. भुतुप्वाः
३१. तिंचा
३२. भ्यगःचा
३३. दांभ्यगः
३४. तपाःभ्यगः
३५. गुलु भ्यगः
३६. धौ भ्यगः
३७. ओलाःभ्यगः
३८. धंप
३९.अथः
४०. आगा
४१. लःत्यप
४२. क्वरीं(कुलीं)
४३. हाँसी
४४. पोतासी
४५. गुलु
४६. ग्वंप
४७. कोंचा
४८. सोंमा
४९. हाकुसोंमा
५०. ओलाःसोंमा
५१. घःचा



५२. बकुध्यः
५३. मात्यप
५४. त्यप
५५. भाजं
५६. व्दाः
५७. मरिक्वपु
५८. तौमकः
५९. चाकुकासी
६०. मरःकसि
६१. मरिकसी
६२. नांचा
६३. कसी
६४. न्ह्यन्हूमा कोंचा
६५. आतिकसी
६६. पाहांसली
६७. दुगंसलीं
६८. मकः
६९. ह्याँग्वाःमकः
७०. क्वपं
७१. पुसापाः
७३. चिलं
७४. पाता
७५. पाःमकःवा पाःभ्यगःचा
७६. कचिगु पाल्चा
७७. पिलाआगा
७८. निःलापाः
७९. भ्यलुकों

(खोज टीभीबाट साभार)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...