काठमाडौँ- ललितपुर महानगरपालिका–१६ पटको टोलबाट विसं २०४२ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) को मूर्ति आज पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ ।

गएको चैत अन्तिम साता लक्ष्मीनारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो । त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी तथा पाटन दरबार सङ्ग्रहालयका पदाधिकारी तथा नेपाल सम्पदा पुनःजागरण अभियानका सदस्य तथा ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं जनताको सहभागितामा उक्त काम सम्पन्न गरिएको हो ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...