काठ्मण्डौ, जेष्ठ  १९- तारकेश्वर ८ डाडागाउ स्थित काठ्माण्डौ लिङ्कन स्कुलले  गत शुक्रबार 'स्टुडेन्ट काउन्सिल' को निर्वाचन  सम्पन्न गरेको छ । उक्त निर्वाचन मार्फत कक्षा ९ कि छात्रा आर्या विशुराल 'स्टुडेण्ट काउन्सिल'को  'क्याप्टेन' पदमा निर्वाचित भएकी छिन भने कक्षा ९ कै छात्र श्रीसयल घिमिरे काउन्सिलको 'भाइस क्याप्टेन' मा विजयी भएका छन।

यसैगरी काउन्सिलका अन्य पदहरुमा निलो सदनको क्याप्टेन पदमा कक्षा ८ कि छात्रा भाविका पाठक र भाइस क्याप्टेनमा कक्षा ७ कि छात्रा कृषा श्रेष्ठले आफ्नो जित सुनिश्चित गरेका छन । हरियो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा भने कक्षा ८ का प्रोसेस नेउपाने र सुपृम भन्डारीले क्रमशः बाजी मार्न सफल भएका छन ।

काउन्सिलको उक्त निर्वाचन मार्फत रातो सदनका लागि कक्षा ९ कि अनुपमा तिवारी र कक्षा ८ कि दिव्यता सिलवालले क्याप्टेन र भाइस क्याप्टेन क्रमशः विजय हासिल गरेका छन भने पहेलो सदनको क्याप्टेनमा कक्षा ८ का राजश्री पाण्डे र मिसन रिमाल संयुक्त रुपमा

विजेता बनेका छन । साथै भाइस क्याप्टेनमा कक्षा ८ कै कृष्टिना भण्डारी निर्वाचित भएकि छिन ।

विद्यालयदेखि नै निर्वाचन प्रक्रियामा विद्यार्थीहरुलाइ  यसरी सहभागी गराउदा उनिहरुमा  नेतृत्वकला तथा क्षमताको विकास भै  चौतर्फी  विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले विद्यालयले यस्ता 'रियल लाइफ सिचुयसन' का गतिविधिहरु नियमित गरिरहने तथ्य विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डेले बताए ।

आइतबार नै विद्यालयका निर्वाचित तथा मनोनित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिइ कार्यभार पनि सम्हालेकाछन । उक्त निर्वाचित पदाधिकारीको कार्यकाल १ शैक्षिक सत्र हुने कुरा विद्यालयकी प्रशासकीय संयोजक सुमित्रा थापाले बताइन।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...