काठमाडौँ । कलंकीस्थित खसी बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ ।
टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...