काठमाडाैँ । नेपालगन्जमा रहेको आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी एक हप्ता अगाडि मात्र उक्त सुधार केन्द्रमा आएका थिए । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी घर्तीले बताए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...