काठमाडाैँ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।

खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...