काठमाडाैँ । बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारीचोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा र दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेका हुन् । कोठाको तन्ना र टाबेलमा रगत लागेको पाइएको छ ।
महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ती दुवै जना हिजो बेलुका होटलमा बास बस्न आएका थिए । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...