काठमाडाैँ । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ ।

यसका लागि  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए ।

किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि  ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...