काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान गरेको छ ।

फोनिजको २३औँ स्थापना दिवसका अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा यस वर्षको फोनिज पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिएको हो । कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरे ।

पुरस्कार प्रदान गर्दै पर्यटनमन्त्री श्रेष्ठले संविधानले व्यवस्था गरेको विभेद अन्त्यलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहको बताए । त्यस्तै उनले नेपालमा पर्यटन क्षेत्रलाई चलायमान बनाएर मुलुकको आर्थिक विकासका लागि पर्यटन दशक घोषणा गरेको र सबै मिलेर यसलाई सफल पार्नुपर्ने धारणा राखे ।

त्यस्तै फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिएको छ । कार्यक्रममा फोनिजले तीन जना पूर्व अध्यक्षहरूलाई पनि अभिनन्दन गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...