काठमाडाैँ । महालक्ष्मी नगरपालिका-९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रदेश ०३-०२-०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...