काठमाडाैँ । दाङमा आठ बर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ वर्षीय चमन विक बलात्कार आरोपमा बुधबार बिहान पक्राउ परेका हुन् ।

विकले बहिनी नाता पर्ने बालिकालाई आमा-बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकाले मंगलबार राति गुप्ताङ्ग दुखेको कुरा गरेपछि आमाले सोधपुछ गर्दा उनीमाथि बलात्कार भएको खुले थियो । त्यसपछि आमा बुवाले मंगलबार राति नै घटनाबारे इलका प्रहरी कार्यालय खिलतपुरलाई मौखिक जानकारी दिएका थिए । खबर पाउनासाथ खिलतपुरबाट प्रहरी निरीक्षक मानबहादुर केसीको कमाण्डमा पाँच जना प्रहरी विकको खोजीमा गए पनि उनी फरार भइसकेका थिए ।

फरार विकलाई खोजी गर्ने क्रममा बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी क्षेत्रमा फेला पारी नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए । पीडित बालिकासहित उनका आमा-बुवा इप्रका तुलसीपुरमा विकविरूद्ध किटानी जाहेरी लिएर आएको डिएसपी अर्यालले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...