काठमाण्डाै । नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...