काठमाडाैँ । डोटीको पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीका ६० वर्षीय कैलाश ढोलीको शव भेटिएको छ।
गएको ३ गतेदेखि हराइरहेका ढोलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्वीचौकी गाउँपालिका–७ कतरकुडीमा रहेकाे चिउरीलेकको जङ्गलमा उनको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय डोटी सूचना अधिकारी भोला भट्टले जानकारी दिए ।
बेपत्ता भएका कैलाशका विषयमा आफन्तले प्रहरीलाई खबर नगरेको र शव पनि आफन्तले नै फेला पारेकाले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...