काठमाडाैँ । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो ।

टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...